|  

माधव सिग्देलको ‘नेपाल तिरै जाम’ सार्वजनिक

१६ असोज,काठमाडौं -  लोक गयक माधव सिग्देलले प्रवासबाटै ‘नेपाल तिरै जाम’ बोलको गीत ल्याएका छन् । 

उनले आफै शब्द रचना र संगीत भरेको उक्त गीतमा लोकदोहोरी गायिका देवी घर्ती र गायक राजु ढकालले आवाज दिएका छन् ।  रोजगारी तथा विभिन्न कामका लागि विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमै फर्किएर विदेशमा सिकेका केही नयाँ सिप आफ्नै देशमा लगाउने उद्देश्यले संदेशमूलक गीत ल्याएको गायक सिग्देलले बताए ।

मालाश्री स्टुडीयोमा रेकर्ड गरिएको गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । गायक सिग्देलको आफ्नै युट्यूब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । त्यस्तै, निर्देशक प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा मोडल अञ्जली अधिकारी र सिग्लेले नै अभिनय गरेका छन् । दीपक देवकोटाले खिचेको भिडियो विष्णु शर्माले सम्पादन गरेका छन् ।

गीतले लोक संगीतको मौलिक पक्ष अंगालेको गायक सिग्देलले जिकिर गरे ।