|  

प्रकृतिप्रदत्त लैङ्गिकसमानता

धीरजनिष्पक्ष 

प्रत्येकवर्ष विश्वभर नै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन र्गदै आइएको छ । यो अभियान ६० वर्षअघिदेखि शुरु भएको हो । अर्थात् आजको विश्वआधुनिकीकरणको पछिल्लोसंस्करणमा लैङ्गिकसमानता कायम गर्ने प्रयासको रुपमा लिईन्छ । यो अभियानको इतिहास केलाउँदा सन् १९६० मा डोमिनिकन गणतन्त्रका मीरावेल परिवारका तीनजना दिदीबहिनीलाई तत्कालीनत्रुजिलो तानाशाहीसरकारले निर्ममहत्या गरेको थियो रउक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिकहिंसाको आवरण दिँदै तीन दिदीबहिनी पेट्रियामिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसा करार गरी उनीहरुको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो । यो होआजको पश्चिमीसंस्कृतिको हाबीयता र त्यसको निम्त्याएको परिणामलाई न्यूनीकरण गर्ने एक प्रयास ।

 

यसो भनिँदा नेपाललगायत दक्षिणएसियाली मुलुकहरु यसबाट उन्मुक्त छन् भन्नु अत्युक्तिबाहेक अरु केही हुन्न । पश्चिमीवायुको प्रभाव अब पूर्व र पश्चिम भनेर कित्ताकाट गर्नुले रत्तिभर पनि प्रभाव राख्दैन । किनकि विश्वव्यापीकरणले सिङ्गो पृथ्वी नै साँघुरो र विविधताबाट तीब्र रुपमा एकरुपतामा गईसकेको धारणा नै वस्तुवादीनिष्कर्ष’ हो भन्न सकिन्छ । हुनतः पूर्वीयमान्यतामा यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।

यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।। -मनुस्मृति ३/५६ ।।

अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताले निवास गर्ने र जहाँ नारीको पूजा हुँदैनसम्मान हुँदैन त्यहाँ गरेका राम्रा कर्मको पनि फलप्राप्त गर्न सकिदैंन भनिएको छ ।

 

यद्यपि यो दर्शन अब विस्तारै आदर्शमा मात्रै सीमित हुँदै गएको छ । दिनप्रतिदिन उपभोक्तावादी मानवीय चरित्रको प्रतिष्पर्धा चलिरहँदा नारीहरुले अब आत्मरक्षाको उपाय अवलम्बन गर्न जरुरी भईसकेको छ । नकी आदर्शवाणीहरुको व्यवहारतः प्रयोगको अपेक्षा गरेर बस्न । लैङ्गिकहिंसा मुलतः लिङ्गको आधारमा वा यसलाई मापदण्ड बनाएर व्यक्तिको ईच्छाविरुद्धका सबैखालका हिंसालाई लिईन्छ । चाहे त्यो शारीरिक होस् वा गैह्रशारीरिक वा त सामाजिक नै ।

 

नेपालजस्तो विकासोन्मुख देशका त लैङ्गिकहिंसाले दैनिक बढोत्तरी पाउँदै छकारण सूचनाको विश्वव्यापी पहुँच र उपभोक्तावादी सामाजिकसंरचनामा व्यापक परिवर्तन हुनु । उपभोक्तावादी सामाजिक संरचनामा नाफाघाटा तथा फाईदाको हिसाब राखिने भएकोले आफूलाई फाईदा पुग्दा जुन हदसम्मको हर्कत तथा व्यवहारमा मानिस उत्रिनसक्ने सम्भावना प्रवल रहन्छ । नाफाको कल्पनाभित्र बजार पनि हुन्छ । बजारमा व्यापार हुने भएकोले मानिसमानिसबीच दयामाया करुणा र मानवीय स्वभावको स्खलन तीब्र हुने गर्दछ । मानिसलगायत जीवितप्राणीको प्राकृतिकस्वभाव विपरीतलिङ्गतर्फ आकर्षण हुनु स्वभाविकै हो । तर उपभोक्तावादी चिन्तनबाट नाफाघाटाको अवधारणा जन्मिने र आकर्षणसँगै नाफाको हिसाबमा विपरीतलिङ्गीप्रति जुन तह तथा हदसम्मका व्यवहारमा मानिस उत्रिने भएकोले लैङ्गिकहिंसा दैनिक बढ्दो छ । यसलाई न कानुनले पूर्णनियन्त्रण गर्नसक्छ न त सहनशीतलताले हुन्छ । लैङ्गिकसमानता मनोविज्ञानबाट नै हटाउनु प्रमुख र उपलब्धिपूर्ण काम हो । यसका लागि प्रभावकारीकानुन तर्जुमा सँगै नैतिकतासम्बन्धी शिक्षा र ज्ञान अपरिहार्य छ, जसले प्रत्येक व्यक्तिलाई अफैंभित्रबाट नियन्त्रण गर्न सघाउ पुर्याउँछ । लैङ्गिकसमानता भन्नाले लैङ्गिकहिंसाको अन्त्य मात्रै होईन, राज्यका प्रत्येक अंगमा समानुपातिक उपस्थिति, साधनस्रोतमाथि बराबरी वितरण तथा पहुँच एवम् अवसरमा समान अधिकारको सुनिश्चितता कायम गर्नु हो ।

 

परम्परागत रूपमा लैङ्गिक असमानताभित्र विशेषतः महिला वर्ग ज्यादा प्रताडित छन्, यो विश्वाव्यापी समस्या हो । भलै विकसितमुलुक अमेरिकालगायत युरोपेलीमुलुकहरूमा कम मात्रामा छन् । हाम्रोजस्तो विकासोन्मुख देश तथा पिछडिएको मुलुकमा यो समस्या भयावह अवस्थामा छ । तर, हामीले यसको यथेष्ठ चेतना र ज्ञानको अभावमा पीडित र पीडक दुबै बनिरहेका छौ  । यद्यपि यो चेतनाको ह्रासक्रमको श्रृङ्खला खोज्ने हो भने, न त पूर्वकअवस्थामा नै थियो । यो अवस्था केवल मध्यकालबाट शुरू भएको देखिन्छ । यसभन्दाअघि त लिङ्गको आधारमा भेदभाव भएको इतिहास भेटिदैन । प्राकृतिक पाटोबाट हेर्ने हो भने पनि मानिसबाहेकका अन्य जीवजन्तु तथा वनस्पतिमा लैङ्गिक असमानता भएको भेटिदैन ।

 

लैङ्गिकसमानताको नाराभित्र महिला र पुरूषलाई बराबरीको आवाज बुलन्द गरिरहँदा यो प्राकृतिकमर्मलाई पनि भुल्न हुँदैन किनारी र पुरुष हरेक परिवेशमा बराबर हुन्छन् भन्ने हुँदैन । प्रकृतिले नै नारी र पुरुषबीच तुलनात्मक विशिष्टकृत गुण एवम् विशेषताहरु दिएको छ । यसलाई नजरआन्दाज गर्नु भनेको प्राकृतिकनियमविरुद्ध धावा बोल्नुबराबर हुन्छ । किनकि शारीरिक बनावटस्वभावप्रकृति तथा मनोविज्ञान नै यी दुई लिङ्गीबीच नितान्त भिन्नता छ । यसको मतलब महिलापुरुषबीच समानता हुन असम्भव रहेको र महिलाहिंसालाई प्रवर्द्धन गर्नुपर्छ भन्न खोजिएको होईन । फेरि अर्को अर्थ महिलालाई सहानुभूति दिनुपर्छ वा कठैबराको दया दिनुपर्छ,’ भन्न खोजिएको पनि होईन । यो पृथ्वीमा जन्म लिएपछि महिलाको पनि उत्तिकै अस्तित्व र अधिकार कायम हुन्छकुनै आफूसँगै जन्मिएको समकक्षी पुरुषसँग किन अधिकार लिनुपर्छ र यदि पुरुषले महिलालाई अधिकार दिने हैसियत राख्छ भने महिलासँग पुरुष पनि अधिकारको भिखारी’ बन्दछ । किनकि पुरुष एक्लैले महिला बनाउने र महिला एक्लैले पुरुष बनाउने होईन । यी दुबै एकअर्काप्रति परिपूरक हुन्छन् । यो मानिसको लागि मात्रैको नियम होईन जलथल सबै प्राणीमा लागू हुने सर्वव्यापी माान्यता तथा नियम हो । त्यसैले लैङ्गिकसमानताको अर्थ यो नहोस्कि विशिष्टकृत दुई फरक लिङ्गीलाई समलिङ्गी बनाउने । तसर्थ महिलापुरुषबराबर होईनन्एकअर्काको परिपूरक हुन् ।

 

वैज्ञानिक र भौतिकदृष्टिबाट विश्लेषण गर्दासमेत आधा-आधा संसार ढाक्ने महिला-पुरूषबीचको समानता कायम हुन जरूरी छ । प्रकृतिप्रदत्त दृष्टिमा समेत दुबै लिङ्गी एकअर्काप्रति पूर्णपरिपूरक तथा निर्भर भएको देखिन्छ । सारमा भन्नुपर्दा लैङ्गिकहिंसा तथा असमानता पूर्णतः अवैज्ञानिक, अमानवीय तथा गैह्रकानुनी मात्रै होईन अप्राकृतिक व्यवहार र चिन्तन हो । तसर्थ प्रकृतिप्रदत्त लैङ्गिकसमानता स्थापना गर्नु, शान्ति कायम गर्दै उच्चमानवीय विकास गर्नुसक्ने चुनौतीलाई ठूलोअवसरमा परिणत गर्नु मानवीयसार्थकता ठहरिने छ ।