|  

त्रिभुवन विश्वविद्यालय अक्स्फोर्ड र क्याम्ब्रिज जस्तै: प्रधानमन्‍त्री

१९ असोज, काठमाडौं स् प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालय  अक्स्फोर्ड र क्याम्ब्रिज जस्तै भएको बताएका छन्। विश्वविद्यालय सभाको बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी  ओलीले यस्तो बताएका हुन्। 

त्रिभुवन विश्वविद्यालय ख्यातीप्राप्त नालान्दा, अक्सफोड र क्याम्ब्रिज विश्वविद्यालय सरह रहेको भन्दै उनले विश्वविद्यालयले देशको मौलिक ज्ञान, चेतना, सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्ने बताए। 

विद्युतीय माध्यामको प्रयोगबाट आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेको बताए।

विश्वविद्यालय सभाको बैठक आर्थिक वर्ष २०७७।०७८ का नीति कार्यक्रम तथा बजेट परित गर्दै सम्पन्न भएको छ।

आर्थिक वर्ष २०७७।०७८ का लागी २१ अर्ब ८६ करोड ४५ लाख २२ हजारको बजेट पारित सँगै त्रिभुवन विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने, अनुसन्धानमुलक प्राज्ञिक गतिविधीलाई बढावा दिने, परीक्षा र नजिता समयमै सम्पन्न गर्ने, आर्थिक मितव्यीता अपनाई विश्वविद्यालयमा सुशासन गरी प्रतिस्पर्धी बनाउने निर्णय गरेको छ।

शिक्षा विज्ञान तथा प्रविधीमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले कोभिड १९ बाट सिर्जित विश्वपरिस्थितिलाई अवसरको रुपमा परिणत गर्दै उच्चशिक्ष थप सिर्जनशील एव उत्पादनमुखी बन्नुपर्ने धारणा व्यक्त गरे। 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधि नवप्रवर्तन केन्द्रको निर्माण गरिएको बताए। 

संवैधानिक निकायमा विश्वविद्यालयका विज्ञ प्राध्यापकलाई अवसर दिन र प्राध्यापकको मर्यादाक्रमलाई कार्यान्वयन गर्न समेत कुलपतिसमक्ष उनले अनुरोध गरे।