|  

'मुन्द्रेको कमेडी क्लब' मा दिपाश्रीलाई हटाईयो, करिश्मालाई ल्याईयो

१९ असोज, काठमाडौं । चर्चित रियालिटी शो  ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलो भएसँगै पुनस् सुरू हुने भएको छ। कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडाउनसँगै स्थगित भएको थियो।

केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक होईन भनेर दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी थिईन् । मुन्द्रेको कमेठी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा नै दिपाश्रीलाई हटाईएको स्रोतको दाबी छ । 

लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृ‌ंखलालाई ुसिजन २ु भनिएको छ। पहिलो सिजनभन्दा फरक स्वाद दिन कमेडी क्लबमा केही हेरफेर गरिएको जितु नेपालले बताए। 

नयाँ सिजनसँगै अध्यक्षमा निर्देशक दीपाश्री निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन्। सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८स्४५ मा प्रसारण हुनेछ। जितुका अनुसार नयाँ सिजनमा करिश्मा बाहेक खड्गबहादुर पुन मगर पनि देखिने छन्।

हालसम्म चार भागको छायांकन गर्ने काम सकिइसकेको सिजन २ को पहिलो भागमा रेखा थापा अतिथिका रुपमा आउने छिन्। कोरोना महामारीको जोखिम कायम रहेकाले छायांकनका बेला स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शर्तकता अपनाइएको समेत उनले बताए।

दिपाश्रीले उक्त कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी थिईन् । अबको कार्यक्रममा भने अध्यक्षतामा करिश्मालाई देख्न पाईने भएको छ । मुन्द्रेको कमेडी क्लब चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो हो । कोरोना कहरका कारण उक्त सो लामो समय स्थगित् गरिएको थियो ।

पहिलो सिजनबाट बाहिरिएपछि दीपाश्रीले फेसबुक स्टाटस मार्फत जितु नेपाल र मुन्द्रेको कमेडी क्लब समूहलाई धन्यवाद दिएकी छिन्। उनले निकट भविष्यमा टेलिभिजनको पर्दामा जानकारीसमेत दिएकी छिन्।