खाना पकाउने ग्यास प्रयोगकर्ताहरुलाई सुरक्षासम्वन्धी जानकारी

एलपी ग्यास अत्यन्तै प्रज्ज्वलनशील प्रट्रोलियम पद्धार्थ भएकाले प्रयाप्त शतर्कता र सावधानी अपनाउनु जरुरी हुन्छ ।

खाना पकाउने ग्यासको चुहावटले दुर्घटनाबाट बच्न देहायको कुरामा विशेष ध्यान पुर्‍याउन सम्पूर्ण उपभोक्तामा अनुरोध छ । दुर्घटनाबाट बच्न ध्यान दिनुपर्ने कुराहरु –

१) सिलिन्डर ल्याउँदा वा लैजाँदा नगुडाऔँ । भान्सामा सिलिन्डर सँधै ठाडो सुताएर वा घोप्ट्याएर प्रयोग नगरौँ ।

२) गुणस्तरीय रेगुलेटर, रबर, पाईप, चुलो जस्ता उपकरण मात्र प्रयोग गरौँ । हरेक दुई वर्षमा ग्यास पाइप फेरौँ । खाना पकाउँदा सँधै झ्याल ढोका खुल्ला राखौँ र सुतीको कपडा लगाएर मात्र खाना पकाउने गरौँ ।

३) काम सकेपछि रेगुलेटर बन्द गर्न नबिर्सौं ।

 

ग्यास चुहावट भएम ध्यान दिनुपर्ने कुराहरु –

१) खाना पकाउने स्थानमा एलपी ग्यासको तिखो गन्ध आइरहेको छ भने ग्यास चुहिएको छ भन्ने बुझ्नु पर्छ । ग्यास लिक भएमा पहिले रेगुलेटरको र पछि चुलोको नट बन्द गरौँ ।

२) ग्यास हावाभन्दा गह्रौँ हुनेहुँदा पिँधमा बस्छ, जस्तैः ग्या चुलो, सलाई, लाईटर, धूप नबालौँ । बिजुली लगायत कुनैपनि वस्तु नचलाऔँ ।

३) ग्यास लिक भए रेगुलेटर छुट्टयाई भल्वमा सेफ्टी क्याप लगाएर घर बाहिर खुल्ला ठाउँमा राखौँ र छिटोभन्दा छिटो नजिकको ग्यास बिक्रेता वा सम्वन्धित ग्यास उद्योगलाई खबर गरौँ ।

 

सचेत र सावधान हुनु नै सुरक्षित हुनु हो ।

सम्पर्क ठेगाना –
नेपाल आयल निगम लिमिटेड
केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँ
फोन नं. ९७७–१–४२६२७८०, ४२६३४८१, ४२६३४८२, ४२६३४८५
फ्याक्स : ९७७–१–४२४३४९९