|  

रविन्द्र मिश्रलाई हतकडीबिनै सर्वोच्च परिसर लगियो

०१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि आज अदालतमा उपस्थित गराइएको छ ।

पत्नी सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले यसअघि कारण देखाउ आदेश जारी गर्दै अदालत उपस्थित गराउन भनेको थियो । सोही अनुसार उनलाई बिहीबार सर्वोच्च अदालत उपस्थित गराइएको हो । अहिले उक्त रिट निवेदनउपर सुनुवाइ जारी छ ।

मिश्रलाई हतकडीबिनै सर्वोच्च परिसर लगिएको थियो । यसअघि तीनकुने घटनामा म्याद थपका लागि जिल्ला अदालत लैजाँदा भने उनलाई हतकडीसहित अदालत परिसरमा लाने गरिएको थियो ।