|  

प्रतिनिधि सभामा पढेर सुनाइयो सांसद बस्नेत निलम्वनको सूचना

१ जेठ, काठमाडौं । टेरामक्स खरिद गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिनिधिसभा सदस्य मोहन बस्नेतको पद निलम्वन भएको सूचना संसदमा सुनाइएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सांसद बस्नेतको पद निलम्वनको सूचना सुनाएका हुन । अख्तियारबाट प्राप्त सूचना संसद सचिवालय पुगेपछि सभामुख घिमिरेले सभामा सुनाए । सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार वस्नेत स्वतः निलम्बनमा पर्नुभएको हो ।