२ जेठ, काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादव रहेका छन् ।
यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीमा विभिन्न बहानामा दुःख दिने गरेको सूचनाका आधारमा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित एक रेस्टुरेन्टबाट उनलाई ५ लाख ७० हजार घुससहित पक्राउ गरेको हो ।