|  

देशमा चार वायुको प्रभावः आज कहाँ-कहाँ पर्छ पानी ? 

२ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक / दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी पहाडी भू-भागका एक / दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक / दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।