|  

लहानबाट काठमाडौं आउँदै गरेको बस चितवनमा दुर्घटना, १५ जना घाइते

२ जेठ, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

लहानबाट काठमाडौँ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

बसमा ३९ जना सवार थिए ।घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।