|  

इजरायलको गाजा आक्रमणमा एकै दिन १२७ प्यलेस्टिनीको मृ#त्यु

२ जेठ, काठमाडौं । इजरायलले मार्च १८ पछि गाजामा फेरि युद्ध सुरु गरेयता बिहीबार गाजाका प्यलेस्टिनीहरूको लागि सबैभन्दा भयावह दिन बनेको छ ।

गाजाका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार बिहीबार बिहानदेखि मध्येरात सम्ममा इजरायलको आक्रमणमा परेर एकै दिन १२७ प्यलेस्टिनीको मृत्यु भएको बताएका छन् ।

शुक्रबार बिहानैदेखि गाजाको जबालिया, बेइत लाहिया र खान युनिस क्षेत्रमा भारी बमबारी जारी रहेको स्रोतले जनाएको छ ।

बिहीबार एकै दिनमा १२७ जनाको मृत्यु भएपछि गाजामा आक्रमणमा मृत्यु हुनेको संख्या ५३ हजारभन्दा नाघेको छ ।