|  

नयां बानेश्वरमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृ#त्यु

२ जेठ, काठमाडौं ।  काठमाडौंको नयां बानेश्वर स्थित कात्यायनी चोकमा जिपको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

कात्यायनी चोकमा बस्ने ३ वर्षीय शिवांश झाको उपचारको क्रममा मृत्यु भएको हो । शुक्रबार कात्यायनीबाट भीमसेनगोला तर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०३१ च ९५६३ नम्बरको इसुजु गाडीले भारत भएर कात्यायनी बस्दै आएका झालाई ठक्कर दिएको थियो ।

उनको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो । जिप चालक काठमाडौँ–३१ घर भएका रमेश कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।