२ जेठ, काठमाडौं । भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिमाली क्षेत्रमा वातावरणीय संकटको ठूलो भार रहेको बताएका छन् ।
काठमाडौंमा शुक्रबारदेखि सुरु भएको ‘सगरमाथा संवाद’को उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘ महत्वपूर्ण हिमाली भूभाग रहेको भारतमा पनि हामीले यसका प्रभावहरू प्रत्यक्ष रुपमा साक्षात्कार गरेका छौं । भारतले हिमाली राज्यहरू र उनीहरूका जनताको चिन्तालाई साझा गर्दछ। हाम्रो वातावरणीय भविष्य अभूतपूर्ण तवरबाट जोडिएको छ।’