|  

रवीन्द्र मिश्रलगायतलाई संघीयता मान्दिनँ भनेकै कारण अपमानपूर्वक प्रहरी खोरमा राखियोः  लिङ्देन

२ जेठ, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, हिन्दू धर्म मान्छु, संघीयता खारेजी हुनुपर्छ भन्दा सरकारले प्रताडित बनाएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले विद्रोहमा जाऊ, जंगल पस भन्नुपर्ने पनि बताएका छन् ।

‘सरकारले नेपालको संविधानको धारा १७, २७०, २७४ को निरन्तर उल्लंघन गरिराखेको छ । करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई विचारकै कारणले राजसंस्था मान्छु, हिन्दू राष्ट्र मान्छु, संघीयता मान्दिनँ भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ । आज फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध प्रजातान्त्रिक युवा संगठनका  केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरेको समाचार आएको छ । आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लैजाने हो भने म प्रधानमन्त्री र गृहमनत्री र सिंगो सरकारलाई सभामुख महोदयमार्फत् भन्न चाहन्छु, यसरी निषेध गरेर लाने हो भने सरकारले भन्दियोस् कि हामी विद्रोहमा जान्छौं,’ उनले भने ।