२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ जारी छ । न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ ।
गत बुधबार सर्वोच्चले रिटमाथि सुनुवाइ गर्दै मिश्रलाई थुनामा राख्नुको कारणसहित बन्दीलाई अदालत उपस्थित गराउन आदेश दिएको थियो । सोही आदेशअनुसार मिश्रलाई बिहीबार पनि सर्वोच्चमा उपस्थित गराइएको थियो।