२ जेठ, काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले सुपर-३ मा स्थान पक्का गरेको छ।
समूह ‘सी’ अन्तर्गत हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाले रद्द भएसँगै नेपालले सुपर-३ मा स्थान पक्का गरेको हो ।
समूहमा नेपाल शीर्ष स्थानमा रहेर सुपर-३ मा पुग्दा हङकङ र बहराइन भने बाहिरिएका छन् । नेपालले चार खेलबाट पाँच अंक जोड्यो । पाँच अंक नै भएको हङकङ भने बाहिरियो।