|  

०८४ को निर्वाचन अघि नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैनः प्रचण्ड

२ जेठ, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ को निर्वाचन अघि नेकपा एमालेसँग एकताको कुनै सम्भावना नभएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल डडेलधुराले शुक्रबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्काल एमालेसँगको एकता अस्वीकार गरेका हुन् ।

‘हामीले पहिल्यै वामपन्थी एकता होस भनेर चाहना राखेकै हो । प्रस्ताव गरेको पनि हो । भएको पनि हो । तर त्यो तोडियो । फेरि पनि एकपटक हुन्छ त भनेर बल गरेको हो’, उनले भने, ‘तर नराम्रोसँग धोका खाइयो । पार्टीलाई मात्र होइन जनतालाई पनि धोका दिइयो । त्यसकारण ‘इनफ इज इनफ’ । अहिले तत्काल त्यो सम्भावना छैन । २०८४ को चुनावसम्म त्यस्तो सम्भावना छैन ।’