२ जेठ, काठमाडौं । सैन्य युद्ध सुरु भएको तीन वर्षपछि रुस र युक्रेनका शीर्ष अधिकारीहरुले आज पहिलो पटक सिधा वार्ता गर्ने भएका छन् ।
टर्कीको राजधानी इस्तानबुलमा वार्ता गर्नको लागि रुसी तथा युक्रेनी अधिकारीहरू सहभागी भएका छन् ।
युक्रेनको तर्फबाट युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको डेलिगेसन आएको छ भने रुसको तर्फबाट राष्ट्रपति भ्यादिमिर पुटिन सहभागी नभएर उनले आफ्ना प्रमुख सहयोगी, उपविदेशमन्त्री, उपरक्षामन्त्री लगायतका अनुहार वार्तामा पठाएका छन् । सन २०२२ फेब्रुअरी २४ मा रुसले सैन्य हमला गरेपछि दुई देशको युद्ध सुरु भएको थियो ।