|  

रवीन्द्र मिश्रको बहस सकियो, आदेश आजै आउने

०२ जेठ, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बहस सकिएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा केहीबेर अघि बहस सकिएको हो । आदेश भने आउन बाँकी छ । मिश्रलाई रिहा गर्नुपर्ने मागसहित उनकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन । गैरकानुनी थुनामा राखिएको भन्दै भन्दै कार्कीले रिट दायर गरेकी थिइन ।

१५ चैतमा तीनकुनमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंले पाँच दिन पुनः म्याद थपेको छ ।