०२ जेठ, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा राजनीतिक हुकुम प्रमांगीबाट आफूमाथि अत्याचारपूर्ण व्यवहार भइरहेको बताएका छन् ।
सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमाथिको बहस सकिएपछि न्यायाधीशसँग समय लिएर बोलेका मिश्रले आफूमाथि राजनीतिक हुकुम प्रमांगीबाट अन्याय भइरहेको अनुभूति भएको बताएका हुन् । उनले इजलाससमक्ष आफ्नो बयान सकिएको, मोवाइल फोन सिज गरिएको, बैंक खाता रोक्क गरिएको र फेसबुकसँग पत्राचार गरेर डिटेल मगाइएको जानकारी गराउँदै आक्रोश पोखे, ‘अब उहाँहरूले हिरासतमा राखेर मेरो छाती चिरेर मेरो मुटु हेर्ने ? के हुर्नु हुन्छ उहाँहरुले ?’