|  

रुस र युक्रेनबीच साढे दुई घण्टा वार्ताः एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति

३ जेठ, काठमाडौं । लगातार तीन वर्ष भन्दा बढी समय युद्ध लडेका रुस र युक्रेनबीचको वार्ता सकारात्मक भएको छ।

साढे दुई घण्टा चलेको वार्तापछि दुवै देशले एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति गरेका हुन् । सन् २०२२ को मार्चपछि शुक्रबार रुस र युक्रेनका अधिकारी एक आपसमा प्रत्यक्ष वार्तामा बसेर सकारात्मक समाचार सुनाएका हुन् । टर्कीको मध्यस्थतामा भएको वार्ता साढे दुई घण्टा भन्दा बढी समय चलेको थियो ।

वार्तामा रुसले युद्ध विरामका लागि नयाँ तथा एकदम कठिन शर्त राखेको थियो । युक्रेनले आफ्नै धेरै भूभागबाट सेना हटाउने शर्त रुसले राखेको थियो ।

युक्रेनी सहायक विदेश मन्त्री सेरहिय खेलिस्टाले यो एक हजार युक्रेनी परिवारका लागि खुसीको खबर भएको बताए। युक्रेनका रक्षा मन्त्री रुस्ताम उमेरोभले तत्काल अर्को वार्ता हुने बताएका छन् ।