|  

सेतीको पुलबाट हाम फालेका युवकको सशस्त्रको टोलीले गर्‍यो उद्धार

३ जेठ, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-१० पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

नाम वतन नखुलेको अन्दाजी २०-२१ वर्षको युवकले शुक्रबार सेतीमा हाम फालेका थिए । ती व्यक्तिले हाम फालेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले राति ९ः३५ उद्धार गरेको हो ।

उनको उद्धारका लागि करिब ४५ मिनेट लागको थियो । उनलाई उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएएको छ ।