३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शुक्रबार साँझ आएको हावाहुरीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
‘हिजोको हावाहुरीबाट भएको धनजनको क्षतिप्रति दुःखी छु,’ कोइरालाले भनेका छन्, ‘मृतकप्रति श्रद्धान्जली, परिवारप्रति समवेदना ।’
उनले घाइतेको निःशुल्क उपचार गर्ने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार साँझ लुम्बिनी प्रदेशबाट सुरु भएको हावाहुरी पूर्वी नेपालसम्म पुगेको थियो ।