३ जेठ, काठमाडौं । रुससँगको युद्धमा युक्रेनको पक्षबाट लडिरहेका एक अष्ट्रेलियाली व्यक्तिलाई रुसी सेनाले पक्राउ गरेको छ ।
रुसी-नियुक्त अभियोजकहरूले अष्ट्रेलियाली पुरुषलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई रुसको उच्च सुरक्षा जेलमा राखिनेछ । ३३ वर्षीय ओस्कर जेनकिन्सलाई शुक्रबार रुसी नियन्त्रित अदालतले पूर्वी युक्रेनमा ‘भाडाका सैनिक’को रूपमा लडाएको आरोपमा दोषी ठहर गरेको छ ।
जेनकिन्स मेलबर्नका एक शिक्षक हुन् जसलाई गत वर्ष डिसेम्बरमा लुहान्स्क क्षेत्रमा पक्राउ गरिएको थियो।रुसी सैनिकविरुद्धको सैन्य कारबाहीमा भाग लिएबापत उनलाई हरेक महिना ६ लाखदेखि ८ लाख रुबलसम्म भुक्तानी गरिएको आरोप लगाइएको छ।