३ जेठ, काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
यसवर्षको नारा ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नुहोस्, लामो समय बाँच्नुहोस्’ रहेको छ ।
बेला-बेला रक्तचाप मापन गर्नुपर्ने आवश्यकतालाई पैरवी गरी यसवर्षको उच्च रक्तचाप दिवस मनाउन लागिएको हो । उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । सन् २००५ देखि यो दिन मनाउन शुरू गरिएको हो ।