३ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले विभिन्न १३ जिल्लाका २ हजार ५ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूको आवश्यकतालाई महसुस गरी फरक–फरक १३ जिल्लाका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्न लागिएको उक्त संस्थाले जानकारी गराइएको हो ।
शैक्षिक सामग्री वितरण गरिने जिल्लाहरूमा पाँचथर, उदयपुर, नुवाकोट, सप्तरी, रामेछाप, गुल्मी, अर्घाखाँची, रोल्पा, सुर्खेत, डोटी, बाँके, नवलपुर, तनहुँ रहेका छन् ।
संस्थाले विद्यार्थीहरूलाई झोला, कापी, कलम, जोमेट्री बक्स, प्राज्ञिक अङ्ग्रेजी बोलचाल पुस्तक, नेपाली बृहत् शब्दकोश र केही थान ल्यापटपसमेत रहेको संस्थाले बताएको छ ।