|  

हामी विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौंः हितेन्द्रदेव शाक्य

३ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजिरहेको बताएका छन् ।

शनिबार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको बताए । उनले सुरुवातमा ६२ वटा चार्जिङ स्टेशनहरु भएपनि अहिले सात सयभन्दा बढि चार्जिङ स्टेशनहरु रहेको भन्दै त्यसलाई प्राधिकरणले ११ केबीको मध्यम भोल्टेज विद्युत दिएर प्रवद्र्धन गरिरहेका बताए ।

उनले भने, ‘हामी विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजी रहेका छौ । नेपालमा धेरै विद्युतीय सवारी साधनहरु छन् तर अझै पनि यातायात व्यवस्था प्रर्याप्त छैन् । त्यसकारण हामीले देशभर चार्ज गर्ने स्थान बढाउनुपर्छ । पहिला हामीसँग ६२ वटा चार्जिङ स्टेशनहरु थिएभने अहिले नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको हुनाले सात सयभन्दा बढि स्टेशनहरु छन् । प्राधिकरणबाट ती चार्जिङ स्टेशनहरुमा ११ केबीको मध्यम भोल्टेज विद्युत जान्छ । यसरी विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरिरहेका छौ।’