३ जेठ, काठमाडौं । एक वर्षमा परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
परराष्ट्र मन्त्रालयमा एक वर्षको अवधिमा सवारी मर्मतमा ५ करोड ३२ लाख खर्च भएको छ भने इन्धनमा ५ करोड ३३ लाख खर्च भएको पाइएको छ ।
बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनमा यस्तो पाइएको हो । २०८० / ८१ मा परराष्ट्र मन्त्रालयका ४० नियोगमा १८८ चारपाङ्ग्रे सवारी साधन थिए ।
यो वर्ष सवारी साधन मर्मतअन्तर्गत एउटै नियोगमा १ लाख रुपैयाँदेखि ३६ लाख रुपैयाँसम्म मर्मत सम्भार खर्च भई कुल ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च भएको जनाएको छ । त्यसैगरी यी सवारी साधनको इन्धनमा ५ करोड ३३ लाख खर्च भएको उल्लेख छ ।