३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ ।
ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्वसभापति एवं नेपाली कांग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा गएराति काठमाडौंस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो । विक्रम संवत् २००२ मा ओखलढुङ्गाको खिजीचण्डेश्वरीमा जन्मिएका कोर्मोचाले नेपाली राजनीतिको लामो समय योगदान गरे ।
विक्रम संवत् २००७ मा भएको क्रान्तिमा लगौंटीमा कांग्रेसका चिठ्ठी ओसार्ने जिम्मेवारी पाएसँगै शुरू भएको उनको राजनीतिक यात्रा पछि उनी ओखलढुङ्गा जिल्ला पार्टीको सभापति र तत्कालीन जिल्ला विकास समितिको सभापतिसमेत बने ।
विक्रम संवत् २०४६ को बहुदलीय व्यवस्था पुनःस्थापनापछि कोर्मोचा दुई पटक जिविस सभापति र दुई पटक ओखलढुङ्गा कांग्रेसको सभापति बने ।
बाल्यकालदेखि आबद्ध रहेको कांग्रेस पार्टीमा ७० वर्ष बिताएका कोर्मोचाले २०७३ सालमा कांग्रेस परित्याग गरेर पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएका थिए । उनको जन्मथलो ओखलढुङ्गाकै खिजीचण्डेश्वरीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । कोर्मोचाका श्रीमती, एक छोरा र एक छोरी छन् ।