|  

केदानाथमा हेलिकप्टर दुर्घटना, सबै सुरक्षित

०३ जेठ, काठमाडाैं । भारतस्थित ऋषिकेश एम्सबाट केदारनाथ तर्फ उडेको हेलिकप्टर अचानक अनियन्त्रित हुँदा अवतरणका क्रममा दुर्घटनामा परेको छ ।

श्री केदारनाथ धाममा बिरामीलाई उद्धार गर्न आएको सञ्जीवनी हेलिकप्टर एम्बुलेन्स आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो । केदारनाथ हेलिप्याडमा दुर्घटना भए पनि त्यसमा सवार सबै जना सुरक्षित छन । ऋषिकेशबाट सञ्चालित उक्त हेली एम्बुलेन्सको रूपमा चल्छ । दुई जना डाक्टर र पाइलट सवार हेलिकप्टर हेलिप्याडबाट २० मिटर टाढा दुर्घटना भएको थियो । पाइलटको होसियारीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।