|  

परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेकका महासचिव पाण्डेको भेट 

३ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

त्यस अवसरमा मन्त्री डा राणाले विमस्टेकका उद्देश्य र सिद्धान्तप्रतिको नेपालको प्रतिबद्धता दोहोर्‍याइन् । सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका उनले आज यहाँ मन्त्री डा राणासँग सो साइडलाइन भेट गरेका हुन् ।  

साथै बिमस्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयका बारेमा पनि कुराकानी भएको थियो ।

त्यसैगरी परराष्ट्र मन्त्री डा राणासँग किर्गीस्थानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आज नै शिष्टाचार भेटवार्ता गरिन।

सगरमाथा संवादका लागि नेपालमा रहेकी निदाराले मन्त्री डा राणासँग आज होटल सोल्टीमा सो शिष्टाचार भेटवार्ता गरेकी हुन् । सो भेटकाक्रममा मन्त्री डा राणाले उनलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गरिन्।