३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुले माग गरेको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन ।
शनिवार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै त्यस्तो बताएका छन । आपूmहरुले सात वटा जिल्लाका सांसदहरुका लागि तीनरतीन करोडको दरले २१ करोड बजेट माग गरिएको जानकारी दिए । यदि आफूहरुको मागबमोजिमको बजेट विनियोजन नभए संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको लिष्ट तयार गरेर छानविनका लागि समिति बनाउन बाध्य हुने उनको भनाइ थियो । उनले बैठकमा देशका लागि कसरी राम्रो काम गर्न सकिन्छ भन्नेतर्फ पार्टी सभापतिको ध्यानाकर्षण गराएको जानकारीसमेत दिए ।
उनले भने, ‘पुसको महिनामा हो । उर्जा मन्त्रालयमा मिटिङ थियो । ट्रान्सफर्रमर पड्कियो । तर, कुलमानले त्यसलाई तुरुन्त रिप्लेस गराउने क्षमता भएका व्यक्ति हुन् । पदमा बस्दैमा हुँदैन । व्यवस्थापनको कुरा पनि हुन्छ । त्यसैले देशका लागि राम्रो कसरी बनाउने भन्नेतर्फ सबै तह जानुपर्छ । आज जत्तिको हाम्रो संसदीय दलको नेता सभापतिले आजजति संसदका कुरा सुनेको पहिलो पटक हो । माओवादी गठबन्धनबारे मलाई थाहा भएन पछि त्यो दिन फेरि पनि आउला त्यो हाम्रो कुरा हैन नेतृत्वको कुरा हो । आजको बैठकमा हामीले सात वटा जिल्लामा तीन तीन करोड गरेर २१ करोड माननीयहरुलाई दिने भनेर आफ्नो दलमा बुझाएका छौं । यदि अर्थमन्त्रीज्यूले कटाउने काम गर्नुभयो भने कांग्रेसका माननीय, एमालेका माननीय र माओवादीलगायतका सांसदहरुको लिष्टसहित समिति बनाउनुपर्ने हुन्छ । हाम्रो पार्टी सभापति इमान्दार हुनुहुन्छ । उहाँ इमान्दार नहुनुभएको भए प्रधानमन्त्री केपी ओली घरमै बसिरहनुहुन्थ्यो । माओवादी अध्यक्षको चकचके वानीले अहिलेको समीकरण बनेको हो ।’
नेपाली काँग्रेसका सांसद हृदयराम थानीले विकास निर्माणमा अब्जेक्सन ल्याउने काम नगर्न सांसदहरुले नेतृत्वलाई सुझाव दिएको बताए । शनिवार बसेको संसदीय दलको बैठकमा उनले बजेट निर्माणमा पक्षपात नगर्न र सतहत्तर वटै जिल्लामा समान रुपमा विकासका कार्यक्रम लैजान सुझाव दिइएको जानकारी दिए ।
उनले भने, ‘अुसन्तुष्ट भन्न मिल्दैन, राम्रो काम गर भनेको छ । सञ्चारकर्मीलाई एनलाइसेस गर्ने अधिकार छ तपाईहरुले गर्नुस् । तर, राम्रो काम गर, पक्षपात नगर, ७७ जिल्लामै विकास चाहिएको छ । सबै सांसद समान हुन् सबकुरा गर काम अगाडि बढाउ । विकास निर्माणमा अब्जेक्सन ल्याउने काम नगर भनिएको छ ।’
उनले विगतमा बजेट निर्माण गर्दा पक्षपात हुने गरेको भएपनि नेतृत्वबाट यसपटक त्यसो नहुने अपेक्षा गरिएको जानकारी दिए ।