४ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले मन्त्रीहरू संसद् बैठकमा भिडिओ गेम खेलेर बस्ने गरेको आरोप लगाएकी छिन् ।
प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्ने क्रममा उनले संसद् ढाँट्ने थलो रहेको महसुस भएको बताइन् ।
संसद्जतिको निरस ठाउँ अरु नरहेको उनको भनाइ थियो ।‘मन्त्रीहरू यहाँ आउनुहुन्छ, भिडिओ गेम खेल्नुहुन्छ, खासखुस गर्नुहुन्छ, उठेर हिँड्नुहुन्छ,’ उनले भनिन् ।