४ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंह र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय जोलीबीच भेटवार्ता भएको छ।
आइतबार उपप्रधानमन्त्री सिंहलाई भेट्न भाजपा नेता जोली सिंह निवास चाक्सीबारी पुगेका हुन् ।
उक्त भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ गर्ने र द्विपक्षीय हितका विषयमा सकारात्मक छलफल भएको स्रोतले जनाएको छ।