४ बैशाख, काठमाडौं । दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यसअघि बैसाख २९ गते अदालतले दिएको ५ दिनको म्याद सकिएपछि उनलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत लगिएको थियो । जसमा न्यायाधीश क्षेत्रीको इजलासले ४ दिनको म्याद गरेको हो । ।
चैत १५ गते तीनकुनेमा आतंक मच्याएको आरोपमा उनीमाथि प्रहरीले आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।