|  

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाने

५ जेठ, काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जान लागेकी छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको निमन्त्रणामा भण्डारी जेठ जेठ १० गते चीन भ्रमणमा जान लागेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीसँग नेकपा एमालेका केही नेताहरू चीन जाने बताइएको छ । 

पूर्वराष्ट्रपति भण्डारी चीनमा एक साता रहने र उनले केही राजनीतिक भेटघाटसमेत गर्ने बताइएको छ । यद्यपी उनको भ्रमणको पूर्ण कार्यतालिका बन्नेक्रममा रहेको बताइएको छ ।

एमालेको राजनीतिमा सक्रिय हुन लागेकी भण्डारीको चीन भ्रमणलाई उनको पार्टी भित्र सक्रिय हुने रणनीतिकै रुपमा हेरिएको छ । 
उनले पछिल्लो समय देश भित्र पनि विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै सक्रियता बढाएकी छन् ।