५ जेठ , काठमाडौं । नेपालका क्याप्टेन र भारतका कर्णेलको टोलीले कञ्चनजङ्गा हिमालको आरोहण गरेका छन्।
८,५८६ मिटर उचाइमा रहेको विश्वको तेस्रो अग्लो हिमालको सफलतापूर्वक आरोहण गरेका हुन्।
जसमा नेपालका क्याप्टेन प्रशान्त खड्कासहित तीनजना सेना रहेका थिए भने भारतका कर्नेल सफलराज सिंह सहित चार जना सेना रहेका थिए।
नेपालस्थित भारतीय दूतावासले समाजिक सञ्जालमा टवीट गर्दै यस सफलताले नेपाल र भारतकाे सम्बन्धलाई झन् मजबुत बनाएको बताएको छ ।