०६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा राखिएको छ ।
छैटौँ पटक हेर्न नमिल्ने भएको उक्त निवेदन आजदेखि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो । आज रविको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झालगायतले बहस गरेकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीशहरूले आजै सक्नेगरी बहस छोट्याउन आग्रह गरे पनि आज लामिछानेका तर्फबाट मात्रै कानुनी व्यवसायीहरुले बहस गर्न भ्याए । भोलि पूर्वडीआईजी छविलाल जोशी, पीडितको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन । त्यसपछि जवाफी बहस हुनेछ ।