०६ जेठ, काठमाडाैं । मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ ।
आजको मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्ति गर्नेछ । भखैरै सम्पन्न गभर्नर सिफारिस समितिको बैठकले अर्थशास्त्री विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको बताइएको छ । बैठकलगत्तै अर्थमन्त्री विष्णु पौडेल बालुवाटारतर्फ लागेका छन् ।
सोही नामको आधारमा विश्व पौडेललाई गभर्नर नियुक्ति गर्ने यसअघि नै राजनीतिक सहमति भइसकेको छ ।