६ जेठ, काठमाडौं । सरकारले डा. विश्व पौडेललाई गभर्नर नियुक्त गरेको छ ।
गभर्नर समितिले सिफारिस गरे बमोजिम मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
यसअघि आजै बसेको सिफारिस समितिको बैठकले पहिलो नम्बरमा डा. विश्व पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरको थियो ।