|  

ब्रिटिश कलेजले उच्च शिक्षा संचालन गर्ने सम्बन्धि निर्देशिका पालना गरेनः अखिल क्रान्तिकारी

०८ जेठ, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा संचालन गर्ने सम्बन्धि निर्देशिका २०५९ ब्रिटिश कलेजले कार्यान्वयन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

अखिल क्रान्तिकारी विदेशी विश्वविद्यालय राष्ट्रिय समितिले एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशिका तुरुन्त कार्यान्वयन गर्न माग गरेको हो । ब्रिटिश कलेजले अध्ययनरत विद्यार्थीलाई दिनुपर्ने १० प्रतिशत अर्थात नेपाल सरकारले तोकेबमोजिम छात्रवृति वितरण गर्नुपर्ने समितिको माग छ । कलेजले शैक्षिक संस्था छोडिसक्दा पनि विद्यार्थीबाट लिएको सुरक्षा धरौटी रकम फिर्ता नगरेको भन्दै समितिले यथासिघ्र रकम फिर्ता हुनुपर्ने जनाएको छ ।

साथै यी माग पुरा नभए आन्दोलनको कार्यक्रम घोषणा गर्ने समेत चेतावनी दिएको छ ।

No description available.