|  

'चौधरी ग्रुप जस्ता व्यापारीक घरानाहरुले नेपाललाई लुटिरहेका छन्': ज्ञानेन्द्र शाही(भिडियोसहित)

१३ चैत, काठमाडौं । हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले व्यापारी घरानाहरुले नेपाललाई लुटिरहेको आरोप लगाएका छन् ।

व्यापारीक घरानाहरुले नेपाललाई कर नतिरि छली गर्ने गरेको आरोप शाहीले लगाएका छन् । नेपालको व्यापारीक घराना चौधरी ग्रुपले पनि नेपाललाई लुटेर विदेशमा पैसा जम्मा गरेको आरोप शाहीको छ ।

हेडलाईन नेपालको कार्यक्रम हेडलाईन विशेषमा कुराकानी गर्दै शाहीले चौधरी ग्रुप लगायतका व्यापारीक घरानाले नै सरकार चलाएको भन्दै शाहीले उनीहरुले व्यपारीक घरानाले गरेको ठगीलाई सरकारले आँखा चिम्लने गरेको बताए ।

शाहीले बसन्त चौधरीले ठगी गरेको आरोप लगाउँदै विराटनगरको आँटा मिलका कर्मचारीलाई अहिलेसम्म तलब भत्ता नदिएको बताएका छन् ।

भिडियो-