१२ जेठ, काठमाडौं । नेपाल प्रहरीको असइ हुँ भन्दै ठगी गरेको अभियोगमा कैलालीबाट एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापा रहेका छन् ।
नेपाल प्रहरीको कैलाली ब्युरोबाट खटिएको भन्दै धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई विगत २/ ३ दिनदेखि पटक-पटक रकम मागेको सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेको हो ।