|  

नागढुंगाबाट १२ किलो चाँदीसहित एक जना पक्राउ

१३ जेठ, काठमाडौं । काठमाडौंमा १२ किलो चाँदीसहित एक जना पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाईन्टबाट १२ किलो १७६ ग्राम चाँदीसहित सोमबार राति एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा  ३२ वर्षीय अनिशकुमार सिंह रहेका छन् ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले पर्सा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.प्र ०१–००३ ख ३७०१ नंको बसका सहचालक सिंहलाई पक्राउ गरेको हो ।

उनी बारा कलैया उपमहानगरपालिका-४ का स्थानीय हुन् । उनले बसमा लुकाएर सिक्री, चन्द्रमा, पाउजुलगायतका सामान ल्याएका छन् ।