१३ जेठ, काठमाडौं । बाजुरामा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जगन्नाथ गाउँपालिका-३ माबा ५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो।दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटना स्थलतर्फ गएको छ।
मृतकको पहिचान हुन बाँकी रहेको तथा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ।