|  

बेंगलुरुको क्रिकेट रंगशाला बाहिर भागदौडः ११ को मृत्यु, ५० जना घाइते

२२ जेठ, काठमाडाैं । दक्षिणी भारतीय शहर बेंगलुरुको क्रिकेट रंगशाला बाहिर हिजाे भागदौड हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । भने ५० जना घाइते भएका छन् ।

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को पहिलो इण्डियन प्रिमियर लिग (आईपीएल) उपाधि जितेको खुशीयाली मनाउन हजारौं क्रिकेट प्रशंसकहरू शहरको एम चिन्नास्वामी रंगशाला बाहिर भागदौड मच्चिएको थियो । घाइतेहरूलाई बोरिङ र लेडी कर्जन अस्पताल र वैदेही अस्पतालमा भर्ना गरिएको छ । सात जनाको बोरिङ अस्पतालमा चोटका कारण मृत्यु भयो भने अन्य चार जनाले वैदेही अस्पतालमा मृत्यु भएको हो ।

आरसीबीले १८ वर्षपछि उपाधि जितेको छ । जसले गर्दा आफ्ना क्रिकेट स्टारहरू हेर्न रंगशाला र वरपर भीड जम्मा भएको थियो । कर्नाटक राज्य क्रिकेट संघले आरसीबी खेलाडीहरूलाई सम्मान गर्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा वैध टिकट र पास भएका व्यक्तिहरूको मात्र सहभागिता थियो । तर फ्यानहरू आफ्नो टोलीका क्रिकेटरहरु हेर्न कार्यक्रमस्थलमा भीड लागेका थिए । मंगलबार राति अहमदाबादमा भएको आईपीएल फाइनलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित ग¥यो । स्टेडियमको गेट नम्बर ३, १० र २१ मा भागदौड मच्चियो ।