|  

विवाहबन्धनमा बाँधिइन् बलिवुड अभिनेत्री हिना खान

२२ जेठ, काठमाडौं । बलिवुड तथा भारतीय टिभी अभिनेत्री हिना खान आफ्नो लामो समयदेखिको प्रेमी रकी जयसवालसँग विवाह बन्धनमा बाँधिएकी छिन्।

हिनाले विवाहको तस्बिरहरू सेयर गर्दै परिवार र  नजिकका साथीहरूबीच विशेष विवाह ऐन अन्तर्गत घरमै आफ्नो विवाह दर्ता गरेको जानकारी दिएकी छन् ।

हिना र रकी पहिलो पटक टिभी सिरिज  'ये रिश्ता क्या कहलाता है' को सेटमा भेटेका थिए । दुवै असल साथी बने र त्यसपछि त्यो मित्रता प्रेममा परिणत भयो । दुवै लामो समयदेखि एकअर्कासँग छन्। रकी एक प्रसिद्ध व्यवसायी र टिभी निर्माता हुन् ।

जुन २०२४ मा हिनालाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो । उनलाई स्टेज ३ स्तन क्यान्सर भएको थियो, जसको लागि उनले धेरै राउन्ड केमोथेरापी गरिसकेकी छिन् र अहिले पनि उपचारको क्रममै रहेकी छन् । रकीले हिनालाई उनको कठिन समयमा पनि दृढतापूर्वक साथ दिइरहेका छन् ।