|  

अशोक दर्जीको डेब्यु फिल्म ‘मन बिनाको धन’ को छायांकन सकियो

२४ जेठ, काठमाडौं । बालगायक अशोक दर्जीको शीर्ष भूमिका रहेको फिल्म ‘मन बिनाको धन’ को छायांकन सकिएको छ ।

२८ दिनसम्म मुस्ताङ, काठमाडौं र पोखरामा छायांकन चलेको थियो । गायक तथा संगीतकार टंक बुढाथोकीले यो डेब्यु निर्देशकीय फिल्मको निर्देशन गरेका हुन् । शीर्ष भूमिकामा भने दर्जी छन् । उनीसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङको अभिनय यसमा छ । 

टंक बुढाथोकीले नै कम्पोज गरेको गीत ‘मनबिनाको धन’ हिट भएको थियो । उक्त गीतबाट फिल्मको शीर्षक राखिएको हो । बालगायक दर्जीको यो डेब्यु फिल्म हुनेछ । गीतमा पनि उनी फिचर्ड थिए । उक्त गीतमार्फत दर्जीको जीवनमा बदलाव आयो । उनी अहिले काठमाडौंको एक विद्यालयमा कक्षा ८ मा पढ्छन् । यो फिल्मको प्रदर्शन आउँदो तिहारमा हुने चर्चा भएपनि निश्चित भएको छैन ।