२५ जेठ, काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जन्ते बाख्रो’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।
जसकारण निर्माण टोली दर्शकको प्रतिक्रियाबाट सन्तुष्ट देखिएको छ । सौगात मल्ल, आशिफ शाह र गरिमा शर्मा लगायतका कलाकारले दर्शकसँग हलमा भेटघाट गरेका छन । सिमोस सुनुवार निर्देशित यो फिल्मले हराउँदै गएको गाउँघरको परम्परा र संस्कृति रमाइलो ढङ्गले प्रस्तुत गरेको छ ।