|  

आइसीसी विश्वकप: नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

२६ जेठ, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ ।

स्कटल्याण्डले दिएको ३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३ सय २१ रनमा समेटियो । अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल ऐतिहासिक जित नजिक पुगेर हार बेहोर्नुपर्‍यो । यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाउदै विशाल लक्ष्य खडा गरेको थियो । सिरिजअन्तर्गत नेपालले अब भोलि नेदरल्याण्ड्ससँग खेल्नेछ ।